
काठमाडौँ, २८ भदौ । विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतबार ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १६ गते प्रादेशिक ल्याबमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण देखिएपछि विराटनगरको म्याक्स अस्पतालले उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।
उच्च रक्तचापका बिरामी उनको आइतबार मृत्यु भएको अस्पतालले जनाएको हो ।















प्रतिक्रिया