
बाँके, २८ भदौ । बैजनाथ गाउँपालिका १ गाभरस्थित डेनियल कटेज एण्ड रेष्टुरेण्टबाट १ थान रेडपाण्डाको छालासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत भेरी गंगा नगरपालिका १२ छिन्चु बस्ने ३६ वर्षीय देव बहादुर बाठालगायत ४ जना रहेका छन् ।
प्रहरीले उनीहरुलाई आइतबार विहान पक्राउ गरेको हो । उक्त रेष्टुरेण्टमा अवैध रुपमा जंगली जनावरको छाला ल्याई लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त छालासहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।
साथै उनीहरूले प्रयोग दुईवटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया