
काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कोरोना जितेका छन् ।
उनको निजी सचिवालयका अनुसार शाक्यको पछिल्लो पटकको परीक्षणमा कोरोना नेगेटिभ आएसँगै उनी कोरोनामुक्त भएका हुन् । उनी थप केही दिन आराम गरेर काममा फर्किने बताइएको छ ।
भदौ १५ गते कोरोना पुष्टि भएका उनी १३ दिनको आइसोलेसन बसाइसपछि निको भएका हुन् ।















प्रतिक्रिया