७ कार्तिक २०८३, शनिबार

प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि विराटनगर महानगरको सेवा बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ भदौ । प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि भएपछि विराटनगर महानगरपालिकाको सेवा ५ दिनका लागि बन्द भएको छ ।

कार्यालयले अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको हो ।

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरेलको कन्ट्याक ट्रेसिङमा मेयर भीम पराजुली र महानगरका अन्य कर्मचारी पनि परेपछि विराटनगरको सेवा पाँच दिन बन्द गर्ने निर्णय भएको मेयर पराजुलीले जानकारी दिए ।

कार्यालय भदौ २९ देखि असोज २ गतेसम्म बन्द रहनेछ ।

महानगरमा हालसम्म एक हजार ४ सय २ कोरोना संक्रमित छन् । जसमा १७ जनाको मृत्यु भइसकेको छ ।