
काठमाडौं, २८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबार नियमित प्रेस व्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ९ जना कोरोना संक्रमितको ज्यान गएको हो ।















प्रतिक्रिया