१ कार्तिक २०८३, शनिबार

पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन देउवाको आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाह्रबीसेका पहिरो प्रभावितलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

आइतबार बिहान खसेको भीषण पहिरोले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ का नागफुजे, भीरखर्क र नेवार टोलमा ७ जनाको मृत्यु हुनाका साथै २४ जना बेपत्ता भएको र बागलुङमा १ जनाको मत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै देउवाले सो आग्रह गरेका हुन् ।

‘प्राकृतिक विपदको यस घडीमा वेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अत्यावश्यक सामाग्रीहरु खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु’, उनले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्यलाई दृष्टिगत गर्दै भूगर्भविद्हरुले औंल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित स्थानमा अविलम्ब स्थानान्तरण गर्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण समेत गराएका छन् ।

उद्वार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि पार्टीका नेता–कार्यकताहरुमा पनि उनले अपिल गरेका छन् । देउवाले पहिरोमा जीवन गुमाउनेहरुको आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।