१ कार्तिक २०८३, शनिबार

बाह्रबीसे पहिरो अपडेट : ७ जनाको शव भेटियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये ७ जनाको शव फेला परेको छ ।

भेटिएका शवहरु सनाखत गर्न बाँकी रहेको बताइएको छ । पहिरोमा अझै २४ जना हराइरहेको बताइएको छ ।

बाह्रबीसे नगरपालिकाको घुम्थाङ नागपुजेमा आइतबार बिहान भीषण पहिरो खसेको थियो । घुम्थाङ नागपुजेमा आएको पहिरोले नापुले गाउँको गाउँका ७ घर बगाएको स्थानीयले बताएका छन् । यस्तै दर्जन बढी घरमा क्षति पुगेको छ ।