१ कार्तिक २०८३, शनिबार

होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ भदौ । चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–५ टाइगरचोककी ८५ वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको चितवनमा यो दोश्रो घटना हो ।

यसअघि खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धाको पनि घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो । आइतबार मृत्यु भएकी वृद्धा अल्सर र क्यान्सरको बिरामी समेत थिइन् ।