६ मंसिर २०८३, आइतबार

बाह्रविसे पहिराेमा ३ जनाको शब भेटियाे, १८ घरका २७ जना बेपत्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाह्रविसे, २८ भदाै । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा पहिराेले घरहरू पुरिएका छन् ।

घुम्थाङ पहिरो अहिलेसम्म ३ जनाको शब भेटिएकाे छ । १८ घरका २७ जना बेपत्ता भएकाे जनाइएकाे छ ।

भिरखर्क, डाँडागाउँ, नागपूजे, जुगलसहितका स्थानमा पहिरो जाँदा घरहरु पुरिएका छन् ।

लगातारको वर्षापछि आइतबार बिहान गएको पहिरोले घरहरू पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले पहिरोको जानकारी आएको तर क्षतिको विवरण भने नआएको बताए ।

घटनास्थलमा सुरक्षा टोली पुगेको प्रहरीले जनाएको छ । नागपूजे पहिरोले ९ घर पुरिएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् ।