घाेराही, २ड भदाै । दाङको लमही–घोराही सडकखण्ड भत्किएकाे छ । सडक भत्किएपछि एकतर्फी रूपमा सवारी सन्चालन भएको छ ।
लमही नगरपालिकामा पर्ने कुल्मोड भन्ने स्थानबाट करीब २ किलोमिटर टाढा सडक भासिएको छ ।
पक्की सडकको एकातिरको भाग पहिरो गएजसरी भत्किएको छ । साथै सडकमा चिरा परेका छन् ।
सडक भासिएको स्थानमा वडा प्रहरी कार्यालयको टोली खटाइएको छ । सडक मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया