
काठमाडौँ, २७ भदौ । जनकपुरमा दुई पक्षबीच झडप भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा मुस्लिम समुदायको मोहरम पर्वका लागि बनाइएको फोटो सामाजिक सञ्जालमा एक युवकले पोष्ट गरेपछि त्यसमा आएको टिकाटिप्पणीका कारण दुई पक्षबीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुवै पक्षबीच केहीबेर झडप भएको हो ।
आजै विहान भएको झडप अहिले नियन्त्रणमा आइसकेको र दुवै पक्षबीच विवाद समाधानका लागि वार्ता भइरहेको प्रहरीको भनाइ छ ।
यद्यपि झडप नियन्त्रणका लागि धनुषा प्रहरीले आधा दर्जन अश्रुग्यास प्रहार गरेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झडप नियन्त्रणमा करिब ६० जना सुरक्षाकर्मी खटिएका थिए ।















प्रतिक्रिया