७ कार्तिक २०८३, शनिबार

कोरोनाबाट एकै दिन थप १४ को मृत्यु, मृतकको संख्या ३३६ पुग्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ भदौ । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ ।

शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १४ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ३ सय ३६ पुगेको छ ।

शनिबार देशभर थप १ हजार २ सय १ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ८ सय ५२ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।