
काठमाडौँ, २७ भदौ । काठमाडौँ उपत्यकामा थप ४ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ सय ७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ गरी उपत्यकामा ४ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै, काठमाडौँ उपत्यकामा गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुष रहेका छन् ।
उपत्यकामा शुक्रबार ६ सय ९६ जनामा संक्रमण देखिएको थियो ।
देशभर शनिबार थप १ हजार २ सय १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया