
काठमाडौँ, २७ भदौ । नेपालमा थप १ हजार २ सय २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ५३ हजार १ सय २० जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८ सय ५२ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ३७ हजार ५ सय २४ नाघेको छ ।
हालसम्म कोरोनाका कारण ३ सय ३६ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया