८ कार्तिक २०८३, आइतबार

काठमाडौँमा घरबेटीद्वारा भाडामा बस्नेको हिर्काएर हत्या

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २६ भदौ । काठमाडौँमा घरबेटीद्वारा आग्लोले हिर्काएर भाडामा बस्ने एक जनाको हत्या भएको छ ।

बारा कलैया उपमहानगरपालिका–५ का ४८ वर्षीय शम्भु चौधरीको हत्या भएको हो । हाल उनी काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनको घरमा बस्ने गर्थे ।

महर्जनले सामान्य विवादमा चौधरीमाथि आग्लोले प्रहार गरेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चौधरी आग्लोले लागेर गम्भीर घाइते भएका थिए । उनको कीर्तिपुर मोडल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले चौधरीको हत्या आरोपमा महर्जनलाई पक्राउ गरेको छ । महर्जनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।