
काठमाडौँ, २६ भदौ । नेपालमा थप ९ सय ७२ जनाले कोरोना जितेका छन् ।
शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ सय ७२ जना संक्रमणमुक्त भएको जानकारी दिए । योसहित निको हुनेको संख्या ३६ हजार ६ सय ७२ नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ३ सय २२ जना पुगेको छ ।















प्रतिक्रिया