
काठमाडौँ, २६ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।
पहिलोपटक कोरोना देखिएको १५ दिनपछि उनको दोस्रो रिपोर्ट पोजेटिभ देखिएको हो ।
घिमिरेले बिहीबार पुनः परीक्षणका लागि स्वाब दिएका थिए । मन्त्री घिमिरेको रिपोर्ट शुक्रबार बिहान पुनः पोजिटिभ आएको प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । उनको स्वास्थ्य सामान्य बन्दै गए पनि रिपोर्ट भने पोजेटिभ आएको बताइएको छ ।















प्रतिक्रिया