
काठमाडौं, २६ भदौ । शुक्रबार सुनको मूल्यमा सामान्य कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी शुक्रबार चाँदीको मूल्य पनि केही घटेको छ । बिहीबार तोलामा १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया