१ कार्तिक २०८३, शनिबार

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २६ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

केहिबेर अघि सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल हुने बताइएको छ ।

दुबै अध्यक्षबीचमा सहमति जुटिसकेकाले आजै बैठक सक्ने तयारी रहेको नेकपाको तयारी छ ।

यसअघि साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा अनिश्चितकालका लागि स्थायी कमिटी बैठक स्थगित भएको थियो ।