
गुल्मी, २६ भदौ । जातीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलोपटक जिल्ला अदालतले पीडकलाई ३ महिना जेल सजायको फैसला सुनाएको छ ।
कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतीको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो ।
काउछा मगरले गत जेठ २३ गते दिउँसो मलामी गएर फर्किने क्रममा अविरल वर्षा भएको बेला उनको घरमा ओत लाग्न पुगेका स्थानीय श्याम नेपाली परियारलाई घरभित्र पसेको आरोप लगाउदै पञ्चायती शैलीमा गाउँमै कारवाही गरेका थिए ।
मगरले आफ्ना दाजुभाइको हुल्जथ्था जुटाइ बलपूर्वक परियारलाई लछारपछार गर्दै बाहुन बोलाएर घर चोख्याउनका लागि भन्दै १ हजार ५०० रुपैयाँ जरिवाना तिर्न लगाएका थिए ।















प्रतिक्रिया