
काठमाडौं, २६ भदौ । पक्राउ गरिएका अभियुक्तबाट महानगरीय अपराध महाशाखामा कोरोना संक्रमण फैलिएको छ ।
भदौ २२ गते नक्कली प्रेस कार्ड छापेको आरोपमा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का र नवलपरासी घर भएका रमेश रेग्मीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्यो । पक्राउ परेकामध्ये एकजनाको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आयो ।
उनीहरुबाटै महाशाखामा अहिले कोरोना फैलिन थालेको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा उनीहरुलाई पक्राउ गर्ने मध्येका दुईजना प्रहरीलाई कोरोना भाइरस देखिएको छ । महाशाखामा कार्यरत एक प्रहरी सहायक निरिक्षक (असई) र एकजना हवल्दारलाई कोरोना देखिएको हो ।
उनीहरु दुई जनासहित अपराध महाशाखाका ७ जना प्रहरी संक्रमित छन् । महाशाखाबाट वृत जनसेवामा खटिएका १ जना, वृत सोह्रखुट्टेमा खटिएका एकजना बौद्ध वृतमा दुईजना र गौशाला वृतमा खटिएका १ जना सहित ५ प्रहरी जवानलाई संक्रमण देखिएको छ ।















प्रतिक्रिया