६ मंसिर २०८३, आइतबार

डडेल्धुरा अस्पतालले २५ सयमा पीसीआर परीक्षण गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, २६ भदाै । डडेल्धुरा अस्पतालले दुई हजार पाँच सयमा पीसीआर परीक्षण गर्ने भएको छ ।

आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने बताइएकाे छ ।

अस्पतालले आपत्कालीन अवस्थामा एक घण्टाभित्र पीसीआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयअनुसार याे शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।

साधारण अवस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरुलाई त्याे शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए ।