विराटनगर, २६ भदाै । विराटनगरमा थप एक महिलाकाे काेराेनाकाे संक्रमणबाट मृत्यु भएकाे छ ।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गर्ने क्रममा विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया महिलाको बिहीबार साँझ ७ बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताएका छन् ।
उनका अनुसार महिलामा उच्च रक्तचाप, हाइपोथाइराडिज्म, मोटोपना लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या थिए।
मृतक महिलामा विगत पाँच दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने लगायतका समस्या देखिएका थिए ।
महिलाले ज्यान गुमाएसँगै विराटनगरमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ ।











प्रतिक्रिया