
काठमाडौँ, २५ भदौ । कपिलवस्तुमा थप ४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुमा ५ जना सुरक्षाकर्मी र १ जना वकिल पनि रहेका छन् । थपिएका संक्रमितहरुमा सबैभन्दा धेरै कपिलवस्तु नगरपालिकामा २३ जना रहेका छन् ।
त्यस्तै, मायादेवी गाउँपालिकामा १५ जना, वाणगंगा नगरपालिकामा ६ जना र शुद्धोधन गाउंपालिकामा २ जना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यससँगै जिल्लामा १ हजार २ सय २४ जनामा संक्रमित रहेका छन् । जसमध्ये १ हजार ६१ जना निको भएका छन् भने १ सय ५६ जनाले होम आईसुलेसन र सरकारी आईसुलेसन सेन्टरमा उपचाररत छन् । कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया