
काठमाडौँ, २५ भदौ । एसिड प्रहार गर्नेलाई कारवाहीका लागि सरकारले विशेष कानुन ल्याउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी पीडितलाई क्षतिपूर्ति भराउने कानुन बनाउने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार एसिड आक्रमणमा परेका १२ जनासँगको छलफलमा प्रधानमन्त्री ओलीले दोषीमाथि कारवाहीका लागि नयाँ कानुन ल्याउने बताएका हुन् ।
उनले मानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताइने जनाए ।
प्रधानमन्त्री ओलीले यसका लागि १५ दिनभित्र कानुनको मस्यौदा तयार गर्न कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेलगायत सरोकार निकायलाई निर्देशन दिएको ओलीको सचिवालयले जनाएको छ ।
त्यस्तै, एसिड पीडितको सबै उपचार, शिक्षा र जीविकोपार्जनको जिम्मेवारी सरकारले लिने पनि उनले बताए ।















प्रतिक्रिया