७ कार्तिक २०८३, शनिबार

असोज १ बाट आन्तरिक उडान खुलाउने पर्यटन मन्त्रालयको प्रस्ताव

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । असोज १ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्न संस्कृति, उड्डयन तथा पर्यटन मन्त्रालयले सीसीएमसीमा प्रस्ताव गरेको छ ।

पर्यटन सम्बन्धी ४ प्रस्ताव पठाएको मन्त्रालयले आन्तरिक हवाई उडान खोल्नेदेखि विदेशी पर्यटकलाई आउन दिने सम्मको प्रस्तावहरु रहेका छन् ।

पर्यटनमन्त्री योगेश भट्टराईले असोज १ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालन गर्ने प्रस्ताव गरिएको बताए । उनका अनुसार असोज १ गते नै नभए पनि १५ गतेदेखि आन्तरिक उडान खुल्ने बताए । त्यस्तै, उनले कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई आउन नरोक्ने प्रस्ताव पनि गरिएको बताए ।

त्यस्तै, मन्त्रालयले हिमाल आरोहण र पदयात्रा खुला गर्न पनि प्रस्ताव गरेको छ । त्यस्तै, अन्तर्राष्ट्रियतर्फको नियमित हवाइ उडान थप्न पनि प्रस्ताव गरिएको छ ।