
काठमाडौँ, २५ भदौ । काठमाडौँ उपत्यकामा थप ४ सय ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ४ सय ९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ गरी उपत्यकामा ५ सय ७२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उपत्यकामा वुधबार ४ सय ६४ जनामा संक्रमण देखिएको थियो ।
देशभर बिहीबार थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ३ सय १७ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया