
काठमाडौँ, २५ भदौ । एकै दिन थप १ हजार ८ सय १८ जनाले कोरोना जितेका छन् ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना संक्रमणमुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ ।
यो कुल संख्याको ७० प्रतिशत हो ।
बिहीबार थप १ हजार २ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ ।
हालसम्म कोरोनाका कारण ३ सय १७ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया