७ कार्तिक २०८३, शनिबार

थप ५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ भदौ । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।

बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप ५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ३ सय १७ पुगेको छ ।

बिहीबार देशभर थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार ८ सय १८ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।