
काठमाडौं, २५ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४६ जना कोरोना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेशनल अपडेटमार्फत दिएको जानकारी अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।
जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।
यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । भेन्टिलेटरमा २१ जना र आईसीयूमा १५९ जना छन् ।
यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ।















प्रतिक्रिया