१ कार्तिक २०८३, शनिबार

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. पाण्डे नियुक्त

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २५ भदौ । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो । यसअघि अस्पतालमा डा. श्रीराम तिवारी मेसु थिए ।

भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उनलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए ।

प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा. पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत थिए । डा. पाण्डे ११औं तहका चिकित्सक हुन् ।