१ कार्तिक २०८३, शनिबार

भारतमा एकै दिन थपिए ९५ हजार ५०० भन्दा बढी कोरोनाका संक्रमित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

नयाँ दिल्ली, २५ भदौ । बुधबार भारतमा अहिलेसम्मकै बढी ९५ हजार ५२९ जना कोरोना संक्रमितका बिरामी थपिएका छन् ।

एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि सोमबार आइतबारको तुलनामा १७ हजारले कमी आए पनि मंगलबार भने सोमबारको तुलनामा १४ हजारले बढेका थिए ।

यसअघि आइतबार ९२ हजार संक्रमित थपिएका थिए । त्यो त्यतिन्जेलको सबैभन्दा बढी हो । शनिबार ९० हजार ६०० जना संक्रमित थपिएका थिए ।

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ । हाल ९ लाख १८ हजार १८५ जना सक्रिय संक्रमित छन् । भारतमा बुधबार ७३ हजार ५७ जनालाई निको भएको छ ।

मंगलबार ७४ हजार ६०७ जनालाई निको भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । सोमबार ७४ हजार १२३ जनालाई निको भएको थियो । हालसम्म ३४ लाख ६९ हजार ८४ जना कोरोनामुक्त भइसकेका छन् ।

भारतमा बुधबार १ हजार १६८ जना कोरोना संक्रमितको ज्यान गएको छ । मंगलबार १ हजार १०७ जनाको ज्यान गएको थियो । सोमबार १ हजार १२९ जनाको ज्यान गएको थियो ।

आइतबार १ हजार ८ जनाको ज्यान गएको थियो । शनिबार १ हजार ४४ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७५ हजार ९१ पुगेको छ ।