
जनकपुरधाम, २५ भदौ । सिरहास्थित जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा ५९ जना पुरुषमा संक्रमण देखिएको हो ।
यसअघि सिरहा कारागारका २१ कैदी बन्दीलाई कोरोना भाइरस संक्रमण सर्ने भन्दै रिहा गरिएको थियो ।
उक्त कारागारमा १५० जनाको क्षमता भए पनि अहिले कारागारमा ५९६ जना कैदी बन्दीलाई राखिएको छ ।















प्रतिक्रिया