१ कार्तिक २०८३, शनिबार

पोखराका ९ वर्षीय बालकसहित गण्डकीमा थपिए ४९ जना संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ भदौ । गण्डाकी प्रदेशमा बिहीबार बिहान ४९ जना कोरोना संक्रमित थप भएका छन् ।

थपिएकामध्ये पोखराका मात्रै ९ वर्षीय एक बालकसहित १९ जना छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान कास्कीको पोखरा महानगरका १९ जना सहित गण्डकी प्रदेशमा ४९ जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको हो ।

निर्देशनालयका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफनर्स पोखरा–१५ की २३ बर्षीय महिला, सोही अस्पतालमा उपचाररत पोखरा–३२ का ५० बर्षीय पुरुष, पोखरा महानगरपालिका–१९ का २२ बर्षीय प्रहरी, पोखरा ५ की १७ वर्षीया महिला र ४५ वर्षीय पुरुष तथा पोखरा ८ का ९ वर्षका बालकसहित ६ पुरुष र ८ वर्षकी बालिकासहित ७ महिला छन् ।

त्यसैगरी बागलुङका ३ वटा स्थानीय तहका ३ जना महिला र ६ पुरुष, स्याङजा पुतलिबजारका ५ जना महिला तथा ७ जना पुरुष, तनहुँ भिमादका ३ जना पुरुष, नेपाल प्रहरीमा कार्यरत पर्वतका २८ वर्षीय पुरुष तथा नवलपुरका २ स्थानीय तहका २ र ४ वर्षका बालक तथा ३ महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले बताएको छ ।

यस्तै बाग्लुङ जैमिनीका ५१ बर्षीय महिला पोखराको फेवासिटी अस्पतालमा उपचाररत रहेको र अन्य सबै विदेशबाट आएर क्वारेन्टिनमा रहेको निर्देशनालयले जानकारी दिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७२८ जना पुगेको छ ।