२ कार्तिक २०८३, सोमबार

कोरोनाका बेला अमेरिकामा अर्को विपद्, पूरै सहर दिउँसै अन्धकार

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गणेश थापा

क्यालिफोर्निया, २५ भदाै । संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा बुधबार एक्कासी अन्धकार छाएको छ ।

क्यालिफोर्निया राज्यको मुख्य सहर सानफ्रान्सिस्कोमा यतिवेला रातझैं अध्यॉरोले ढाकेको छ । अहिले यहॉ दिउँसोको २ बजिसक्दा समेत दिनरात छुट्याउन करीव-करीव कठिन देखिएको छ ।

सूर्य उदायको हो या होइन भन्ने कुरा विहानीको त कुरै छोडम मध्यान्हले समेत कुनै संकेत गर्न सकिरहेको अवस्था छैन ।

सहरमा जताततै दिनपनि रात भाकोछ यतिवेला । मध्यदिउँसो सारा सडकवत्ति बलिरहेका छन् । सवारी साधनहरू आफ्ना हेडलाइट अन गरेर गन्तव्यतर्फ हुइँकिरहेका छन् । जनजिवन निकै कौतुहल छ ।

तैपनि मानिसहरू निःशब्द प्राय: छन्, किनकी यो एउटा मानवसिर्जित विपद् भएकोले यसको सामना पनि मानिसले नै गर्नुपरिरहेको छ ।

कोरोना भाइरसको महामारीबाट झण्डै २ लाख व्यक्तिको ज्यान गइसकेको अमेरिकामा रगंभेदी आन्दोलनको चोटपछि हाल क्यालिफोर्निया, वासिगंटन, ओरेगन लगायतका राज्यहरूमा बिशाल रूपमा फैलिरहेको डडेलोको कारण यसखालको विपद् आइलागेको हो ।

आकाश तुवॉलो र धुवॉले ढपक्कै ढाकेका कारण यस किसिमको समस्या आएको सम्बन्धित क्षेत्रका विज्ञहरूले उल्लेख गरेका छन् ।

अमेरिकन मौसमविद्ले केहीदिन यस्तै अवस्था रहने र वायुमंडलमा सुद्ध अक्सिजनको मात्रा कमी रहेकोले सचेतता अपनाउन सर्वसाधारणमा आग्रह समेत गरेका छन् ।