६ मंसिर २०८३, आइतबार

पाल्पामा घर भत्किएर पुरिँदा कनौजेको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २५ भदाै । पाल्पा जिल्लामा घर भत्किएर पुरिदा २२ वर्षीय सुमन कनौजेको मृत्यु भएको छ ।

बुधबार राति ११ बजे बगनासकाली गाउँपालिका–६ खानीगाउँ बस्ने कान्तिसरा कनौजेको घर अचानक भत्किँदा उनका छोरा सुमन कनौजे पुरिएर गम्भीर घाइते भएको पाल्पा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सुतिरहेको अबस्थामा पुरिएका सुमनलाई स्थानीयहरूले निकाली उपचारका लागि युनाईटेड मिसन अस्पताल पाल्पा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घर भत्किँदा २ वटा भैसी पनि पुरिएका छन् ।