१ कार्तिक २०८३, आइतबार

पतिको नागरिकता नहुँदा सम्बन्ध बिच्छेद गरेर छोरालाई नागरिकता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ५ चैत । मकवानपुरको एक माहिलाले छोरालाई नागरिकता दिलाउन पतिसँग सम्बन्ध विच्छेद गर्नुपरेको छ ।

हेटौंडा– ९ की इन्दुकुमारी थापाले छोरा लक्की शर्मालाई नागरिकता दिलाउन पति रामलाल शर्मासँग सम्बन्ध विच्छेद नै गर्नुपरेको छ ।

‘छोराले एसएलसी दिएसँगै नागरिकता बनाउन भनेको भन्दै थियो, पाँच वषैदेखि प्रयास गर्दा बल्ल बुधवार नागरिकता बन्यो, मेरो खुशीको सीमा नै छैन’, छोराको नागरिकता बनेपछि थापाले भनिन् । यसका लागि अधिवक्ता ललिता श्रेष्ठले कानूनी सहयोग गरेकी थिइन् ।

करिब ५८ वर्षीय रामलाल तत्कालीन सेन्थेटिक कपडा उद्योगमा काम गर्थे ।

काम गरिरहेको अवस्थामा दुर्घटनामा परेर उनले हात गुमाउनु प-यो । उनकी पत्नी इन्दुकुमारी सोही उद्योगमा काम गर्थिन् । शारिरीक रुपमा असक्त भएपछि पतिले जागिर छाड्नुप-यो ।

रामलालको नेपाली नागरिक भए पनि उनको नेपाली नागरिकता बनेको थिएन । छोरा लक्कीको नागरिकता बनाउनका लागि स्थानीय प्रशासनले बाबु र आमा दुबै नेपाली भएको प्रमाण माग गरेको थियो ।

आमा इन्दुकुमारीको मात्र नेपाली नागरिकता भएकाले प्रशासनले लक्कीलाई नागरिकता दिन मानेन । ‘कानून र नजिरअनुसार त्यसो गर्नु जरुरी थिएन ।

अधिवक्ता श्रेष्ठले कानूनी प्रक्रिया पूरा गरी सम्बन्ध बिच्छेद गराएर करिब २३ वर्षीय लक्कीलाई नागरिकता प्राप्त गर्ने आधार तयार पारेको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।