२ कार्तिक २०८३, सोमबार

स्थायी कमिटी प्रस्तावबारे ओली-प्रचण्डबीच छलफल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी बैठकबारे छलफल भएको छ ।

बालुवाटारमा जारी छलफलमा भदौ २६ गते बस्ने पार्टीको स्थायी कमिटीमा लैजाने प्रस्तावबारे कुराकानी भएको बताइएको छ ।

पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले ल्याएको प्रतिवेदनलाई परिमार्जन गरेर स्थायी कमिटीमा प्रस्ताव लैजाने जिम्मा सचिवालयले दुई अध्यक्षलाई दिएको थियो ।

साउन १३ गतेदेखि स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते बस्दैछ ।