काठमाडाैं, २४ भदाै । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलाे बनाउने तयारी भएकाे छ ।
मङ्गलबार निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने, उपत्यकाको नाकाबाट हुने आवागमन व्यवस्थित पार्ने, सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने, बजार खुला गर्ने तथा सामाजिक दूरी लगायतका विषयमा विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफलसमेत छलफल भएको थियो ।
कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न ३ भदौ रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्ने सम्भावना छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको बताए ।
उपत्यकामा अन्तिम पटक थपिएको निषेधाज्ञाको म्याद आज राति १२ बजेबाट सकिँदै छ ।











प्रतिक्रिया