२ कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रिय फुटबलमा क्रिस्टियानो रोनाल्डोकाे १०० गोल पूरा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ भदाै । पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् ।

रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २-० ले पराजित गरेको हो ।

३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डोले ४५औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरे । ८१ मिनेट मैदानमा रहेका उनले ७२औं मिनेटमा दोस्रो गोल गरे ।

सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट उनी ८ गोल मात्र टाढा छन् ।