२ कार्तिक २०८३, सोमबार

गम्भीर रियाक्सन देखिएपछि कोरोनाविरुद्ध खोपको अन्तिम चरणको मानवीय परीक्षण रोकियाे

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ भदाै । अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोपको अन्तिम चरणको मानवीय परीक्षण तत्कालका लागि रोकिएको छ ।

बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (रियाक्सन) देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको हो ।

एस्ट्राजेनेकाले खोप लिएका व्यक्तिमा असामान्य बिमारी देखिएकाले परीक्षण तत्कालका लागि रोखिएको बताएको छ । कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ ।

एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरूमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ ।

मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि यो खोपलाई लिएर विश्वभर अपेक्षा बढेको थियो । तेस्रो चरणको परीक्षणमा गम्भीर रियाक्सन देखिएको हो । वैज्ञानिकहरुले रियाक्सनको अध्ययन गरिरहेका छन् ।