१ कार्तिक २०८३, शनिबार

निजगढ विमानस्थलको रुख गणना आउँदो मंसिरमा सक्ने निर्णय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २३ भदौ । राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता पाएको छ ।

हालसम्म सो क्षेत्रका ५७ हजार ३५० वटा रुख गणना कार्य सकिएको छ भने सो क्षेत्रमा नदी नियन्त्रणका कामले पनि तीव्रता पाएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश भट्टराईको अध्यक्षताम निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण समितिको बैठकमा सो प्रगति विवरण पेश गरेका हुन् ।

बैठकबाट आउँदो मंसिर मसान्तभित्र रुख तथा पोलहरुको लगत नम्बरिङकोे कार्य सम्पन्न गर्ने निर्णय भएको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा यसअघि गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने निर्णय पनि गरेको छ ।

उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय समेत मंगलबार भएको छ ।

त्यस्तै विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरपर सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेड मार्फत रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरीद सम्झौता प्रकृयाका बाँकी कार्यहरु आगामी हप्ता दिन भित्रमा सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ ।

त्यसैगरी लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनोट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्वर ३० भित्रमा परियोजना प्रस्ताव अन्तिम निर्णय लिने समेत मंगलबारको बैठकले निर्णय गरेको बताइएको छ ।