१ कार्तिक २०८३, शनिबार

गौ तस्करलाई कारबाही गर्न विश्व हिन्दू परिषद् नेपालको माग

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । विश्व हिन्दू परिषद् नेपालको जिल्ला कार्यसमिति, धनुषाले गौ हत्यामा संलग्न तस्करहरुलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

गौ तस्करहरुलाई आफैले समातेर प्रहरीलाई जिम्मा लगाउँदै उनीहरुले जाहेरी समेत दिएका छन् । मंगलबार बिहान जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीबाट स्थानीय युवाहरुको सक्रियतामा २ जना गौ तस्करलाई पक्रिएर प्रहरीको जिम्मा लगाएका छन् ।

धनुषाको नगराईन नगरपालिका–६ लगका कुरवान शाह र महोत्तरीको भंगहा नगरपालिका–८, पडरियाका इलियास शेखलाई ३ ओटा अवैध गाई एवं २ वटा मोटरसाइकलसहित जिरोमाइल प्रहरी चौकीमा जिल्मा लगाएका हुन् ।

नेपालको कानूनले गौहत्यालाई पूर्णतः वर्जित गरेको भए पनि दिनानुदिन गौ हत्याको घटना बढनु गम्भीर एवं चिन्ताजनक विषय भएको परिषद्को भनाइ छ ।

कानूनमा गौहत्यालाई दण्डनीय अपराध भनेर उल्लेख गरे पनि व्यवहारमा दण्डहीनता मौलाएको भन्दै परिषदले उनीहरुलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।