१ कार्तिक २०८३, शनिबार

चार वर्षीया बालिकामाथि बलात्कारको आरोपमा ७८ वर्षीय पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ भदौ । चार वर्षीय बालिका बलात्कारको आरोपमा ७८ वर्षीय एक वृद्ध पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–५ का ७८ वर्षीय एकनारायण बराललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । बरालले आफन्त नभएको मौका छोपी बलात्कार गरेको बालिकाको परिवारले दाबी गरेको प्रहरीको भनाइ छ ।

सोमबार बालिकाको परिवारले दिएको उजुरीका आधारमा पक्राउ ती वृद्धलाई पक्राउ गरिएको हो ।