
काठमाडौं, २३ भदौ । मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकेको छ ।
सोमबार भने सुनचाँदीको भाउ स्थिर रहेको थियो।
यसैगरी, चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यस अघि आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदविक्री गरिएको थियो।















प्रतिक्रिया