
सप्तरी, २३ भदौ । सडकमा ड्युटीमा खटिएका प्रहरीलाई हातपात तथा गालीगलोज गरेको अभियोगमा खडक नगरपालिका–५ रञ्जितपुरका ३० वर्षीय अर्जुनकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कडोरबनाबाट खटिएको प्रहरीले सुरूङगा नगरपालिका–४ कदमहामा ज ११ प १८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा साहले मास्क नलगाएकाले सम्झाउन खोज्दा आमनागरिकलाई रोकेर प्रहरीले अनावश्यक रूपमा दुःख दिने गरेको भनी विभिन्न किसिमको गालीगलोज गर्नाका साथै प्रहरीलाई हातपात समेत गरेको बताइएको छ ।
साह नेपाल विद्युत् प्राधिकरण बोदेवर्साइन सप्तरीमा सहायक प्रबन्धक पदमा कार्यरत रहेको खुलेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया