१ कार्तिक २०८३, शनिबार

जरिवाना तिर्न नसक्दा टिकट काटेका ७० जना स्वदेश फर्किन पाएनन्

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । यूएईबाट नेपाल एअरलाइन्समार्फत घर फर्किन टिकट काटेका ७० जना नेपाली जरिवाना तिर्न नसक्दा यूएईमै रोकिएका छन् ।

समयअवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा टिकट काटिसकेका उनीहरु यूएईमै रोकिएको नेपाल एअरलाइन्सले बताएको छ ।

कोरोना भाइरसको महामारीका कारण समय अवधिभित्र स्वदेश नफर्कंदा भिसा सकिएपछि जति दिन बसेको हो त्यसअनुसार प्रत्येक दिनको जरिवाना तिर्नुपर्छ ।

यूएईबाट नेपाल आउने क्रममा रहेका हिमालय एअरलाइन्स, फ्लाई दुबई र एअर अरेबियाले ल्याउने यात्रुहरु पनि यसरी नै रोकिएको बताइएको छ ।

यूएईले मार्चभन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना मिनाह गरिदिएपछि त्यसपछि भिसाको अवधि सकिएका र समय अवधिभित्र स्वदेश नफर्कनेलाई जरिवाना लिएको छ ।