६ मंसिर २०८३, आइतबार

वीरगन्ज थप एक जना काेराना संक्रमितकाे मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, २३ भदाै । पर्सामा एक जना काेराना संक्रमितकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।

नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा ८ दिनदेखि उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमति पुरुषको सोमबार राति मृत्यु भएको हाे ।

नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर निवासी ६० वर्षीय पुरुषको सोमबार राति १० बजेर पाँच मिनेटमा मृत्यु भएको जानकारी दिए ।

भदौ १४ मा कोरोना पोजिटिभ पुष्टि भएपछि ती ६० वर्षीय पुरुष कोरोना अस्पतालमा भर्ना भएका थिए ।