१ कार्तिक २०८३, शनिबार

वृद्ध मानिसले झिँगा धपाउन खोज्दा घरमा विस्फोटन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फ्रान्स, २२ भदौ । फ्रान्सको एउटा गाउँमा एक वृद्ध मानिसले झिँगा धपाउने प्रयास गर्दा उनको घरमा विस्फोटन भएको छ ।

रातीको भोजन गर्न बस्न लागेको बेला एउटा झिँगाले दुःख दिएपछि ८० वर्षभन्दा बढी उमेरका ती व्यक्तिले झिँगा र कीराफट्याङ्ग्रा धपाउन प्रयोग गरिने विद्युतीय साधन चलाएका थिए ।

तर, त्यही बेला घरमा ग्यास चुहिएकाले उक्त साधनसँग घर्षण हुँदा त्यहाँ विस्फोटन भयो । विस्फोटनले भान्सा ध्वस्त भयो भने घरको सानो भाग पनि आंशिक रूपमा क्षतिग्रस्त भयो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ती वृद्धको हातमा केही पोलेको भए पनि उनी सकुशल रहेको बीबीसीले जनाएको छ ।