नयाँदिल्ली, २२ भदाै । भारतको हिमाञ्चल प्रदेशका धार्मिक स्थलहरू आउँदो बिहीबारदेखि खुल्ला हुने भएका छन् ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण पाँच महिनादेखि बन्द रहेका धार्मिकस्थलहरू बिहीबारदेखि खोल्न लागेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।
मन्दिर तथा अन्य धार्मिक स्थलमा प्रवेश गर्ने र निस्कन बाटो फरक-फरक हुने, मन्दिरमा दूरी कायमलगायत स्वास्थ्य मापदण्ड भने लागू हुने हिमाञ्चल प्रदेश सरकारले जनाएको छ ।
६५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धा, १० वर्षभन्दा कम उमेरका बालबालिका र गर्भवती महिलालाई भने धार्मिक स्थलमा जान रोक लगाएको खबरमा उल्लेख छ ।
लकडाउन खोल्दै धार्मिक स्थलसमेत खुल्ला गरे पनि भारतमा कोरोना सङ्क्रमण भने बढिरहेको छ ।
गएको २४ घण्टामा ९१ हजार सात सय २३ जना सङ्क्रमित थपिएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ४२ लाख दुई हजार पाँच सयभन्दा धेरै भएको छ ।















प्रतिक्रिया